दाङको तुल्सीपुर बसपार्कमा ७३ वर्षीया वृद्धामाथि सामुहिक बलात्कार 

अन्य समाचार

श्रावण ५ शुक्रबार,२०८०/दाङ-

दाङको तुल्सीपुर बसपार्कमा ७३ वर्षीया वृद्धामाथि सामुहिक  बलात्कार भएको छ।

बिहीवार राती करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा सो घटना भएको हो। कसैले सो घटना भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

प्युठानकी एक ७३ वर्षीया वृद्धालाई खाना खुवाउने भन्दै तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकले बसभित्र लगेर बलात्कार गरेको, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिएका छन।

दुबै अपराधीहरुलाई नियन्त्रणमा लिएर प्रकृया अगाडि बढाएको मल्लले बताए।