
श्रावण ६ शनिवार,२०८०/काठमाडौं-
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्र संघको खाद्य सम्बन्धी सम्मेलनका लागि इटाली प्रस्थान गरेका छन।
प्रधानमन्त्री प्रचण्ड शनिबार बेलुका ६ बजे कतार एअरलाइन्सको उडान मार्फत इटाली प्रस्थान गरेका हुन।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयले आयोजना गरेको युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री त्यस तर्फ लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य गङ्गा दाहाल लगायत सो भ्रमणमा रहेका छन।
प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
साथै सोही सम्मेलनका क्रममा अन्य शीर्षकमा हुने गोष्ठीमा पनि उनी सहभागी हुने कार्यतालिका रहेको छ।