प्रधानमन्त्रीले नेपाली जनप्रगतिशिल मन्चका विभिन्न देशका प्रतिनिधिहरुलाई भेटे

राजनीति साहित्य

श्रावण ८ सोमबार, २०८०/सोमबार-

सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले रोममा नेपाली जनप्रगतिशिल मन्च इटाली, वेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरुसँग भेटघाट गरेका छन।

भेटको अवसरमा नेपाल सरकारले गरेका कामले विदेशमा भएका नेपालीहरुमा देश बन्ने भो भन्ने आत्मविश्वास बढेको र त्यसका लागि सम्माननीय प्रधानमन्त्री ज्युलाई बधाई दिनुका साथै आफुहरु साथमा रहने प्रतिवद्द्ता जनाए।

प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरुको समस्या समाधान गर्न आफु लागिपर्ने र देशमा सुशासन, सामाजिक न्याय र समृध्दिको अभियानमा सरकार अघि बढेको, ठुला ठुला भ्रष्टाचार र तस्करीलाई कार्बाही गर्न सरकारले अठोट लिएकोले राष्ट्र निर्माणमा तपाईहरुको साथ आवश्यक रहेको उल्लेेेख गरे। कार्यक्रमको शुरुमा आमा सीता दाहालप्रति श्रद्धान्जली अर्पण गरिएको थियो।