प्रधानमन्त्री र राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटरेसबीच भेटवार्ता



श्रावण ८ सोमबार,२०८०/रोम-

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´संग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनीयो गुटरेसबिच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी United Nations Food Systems-2023 Stocktaking Moment मा सम्बोधन पश्चात सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल`प्रचण्ड´संग FOA मुख्यालयमा स्थानीय समय अनुसार दिउँसो १:३० बजे महासचिवसँग भेटवार्ता भएको हो। भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बारे छलफल भएको थियो।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमबार
अरु पनि पढ्नुहोस्