प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि संसद अवरुद्ध भएको छ।
बुधबार ढिलै गरेर बसेको संसदको बैठक अवरुद्ध भएपछि आगामी साउन १५ गतेसम्मका लागि स्थगित गरिएको हो।
एमालेले ठुलो परिमाणमा भेटिएको तस्करीको सुनबारे उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेको हो।
संसद अवरुद्ध गर्नुअघि संसदको आकस्मिक समयमा विभिन्न दलका सांसदहरुले सुन तस्करी प्रकरणको छानविन गर्न र मुख्य अभियुक्तलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गरेका थिए । सभामुखले अवरुद्ध लगत्तै बैठक स्थगित गर्दै अर्को दिनका लागि समय तोकेका थिए।
यस बिषयमा एमाले निकट युवा संघले बिरोध प्रदर्शन पनि गरेको थियो।
एमालेले वाइड बडि प्रकरण, गोकुल बास्कोटाको ७० करोड अडियो लगायतका फाइल खुल्ने त्रासले संसद अवरुद्ध गर्ने गरेको आरोप सत्ता पक्षका सांसदहरुले लगाउदै आएका छन।
प्रतिक्रिया दिनुहोस्