स्पष्टीकरणको मौका नै नदिई राजीनामा मागिहाल्ने संस्कृति गलत: प्रधानमन्त्री



श्रावण १२ शुक्रबार,२०८०/काठमाडौं-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्टीकरणको मौका नै नदिई राजीनामा मागिहाल्ने संस्कृति गलत भएको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले शुक्रवार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन।

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुँदा सरकारको कामकारबाही  बारेमा आफुले राखेको र धेरै नयाँ कुरा जान्ने अवसर पाएको बताए।

सम्मेलनको क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट भएको र नेपाल र बांगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र बंगलादेशबीचको सहकार्य जस्ता विषयहरू छलफल भएको जानकारी गराए।

बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न इच्छुक रहेको पनि बताए। प्रधानमन्त्री दाहालले पशुमा हुने लम्पी स्किनको बारेमा पनि धेरै हद सम्म समाधान खोजिएको उल्लेख गरे।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रबार
अरु पनि पढ्नुहोस्