ऋणको आडमा घर कब्जा गर्दै यौन शोषण गर्ने मिटरब्याजी पक्राउ



श्रावण १३ शनिबार,२०८०/ललितपुर-

प्रहरीले ऋणको आडमा घर कब्जा गर्दै यौन शोषण गर्ने ललितपुरका एक जना मिटरब्याजीलाई पक्राउ गरेको छ।

ललितपुर ठेचोका मिटरब्याजीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। पीडित महिलाले ०७५ सालमा श्रीमान बिरामी हुँदा उपचारका लागि ती ब्यक्तीबाट पाँच लाख ऋण लिएकी थिइन्।

यसैक्रममा साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा ललितपुरको ठेचोकी ३४ वर्षीया महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको खुलासा भएपछि सञ्चार माध्यममा आएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पिडकलाई पक्राउ गर्न ललितपुर प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए।

उनले पाँच लाख रुपैयाँको मासिक ५० हजारका दरले दुई पटक ब्याज तिरेको उजुरी दिने क्रममा बताएकी छन। यसैबीच उनले सावाँ घटाउनका लागि बित्तीय सहकारीबाट ऋण लिएर पनि तिरिन तर त्यो रकम ब्याजमै हरायो। पिडकले एकमुष्ट ऋण र ब्याज तिर्नु पर्ने बताएपछि उनी थप संकटमा परिन। यसैक्रममा पिडक र उनका साथीहरुले पीडित महिलालाई चार पटक बलात्कार गरेको खुलेको छ।

त्यस्तै पिडकले नक्कली कागजात बनाएर उनी बस्दै आएको घर समेत कब्जा गरेका थिए।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिबार
अरु पनि पढ्नुहोस्