रुकुम पश्चिम पहिरो: बाँफीकोटको बास्थलामा दुई जनाको मृत्यु

समाचार

श्रावण १४ शनिबार,२०८०/रुकुम पश्चिम-

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका-७ बास्थलास्थित पहिरोमा परी दुई जनाको मृत्यु भएको छ।

आइतबार दिउसो ४ बजे तिर घास काट्न जाने क्रममा धनमाया खत्री-४५ र काली बहादुर खड्का-४४ को पहिरोमा परेर मृत्यु भएको हो।

यसैगरी सोही घटनामा ४२ वर्षीया बल कुमारी खत्री घाइते भएको र उपचारका लागि सदरमुकाम ल्याइएको प्रमुख जिल्ला अधिकारी हरी प्रसाद पन्तले जानकारी दिए।

अविरल बर्षाका कारण देशै भरी बाढीपहिरोको जोखिम बढेको छ।