श्रावण १५ सोमबार,२०८०/काठमाडौं-
नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समितिको बैठक सामाजिक सञ्जालमार्फत लाइभ गर्ने भएको छ।
सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले पहिलो पटक केन्द्रिय समितिको बैठक लाइभ गर्ने लगायतको निर्णय गरेको हो।
नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक यहि श्रावण १७ गतेका दिन राजधानी काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको सभा हलमा बिहान ११ बजे बसने तय भएको छ।
हालसालै नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेको थियो।
प्रकाशित मिति : २०८० साउन १५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्