श्रावण १७ बुधबार,२०८०/काठमाडौं-
नेकपा माओवादी केन्द्रले आफ्ना नेता कार्यकर्ताहरुको विरोध पछि केन्द्रीय समिति बैठक लाइभ न गर्ने निर्णय गरेको छ।
माओवादी केन्द्रको पदाधिकारी बैठकले केही दिन अघि बुधबार देखि बसने केन्द्रीय समिती बैठक लाइभ गर्ने निर्णय गरेको थियो।
बुधबार बिहानै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लाइभ नगर्ने निर्णय गरेको छ।
बिहान ११ बजे सुरु हुने भनिएको केन्द्रीय समिति बैठक दिउँसाे १ बजे देखि प्रारम्भ भएको छ।
