माओवादी केन्द्र केन्द्रीय समिति बैठक: दोश्रो दिन आज जारी

राजनीति समाचार

श्रावण १८ बिहीवार,२०८०/काठमाडौं-

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पुर्ण बैठकको दोश्रो आज बैठक जारी रहेको छ।

बुधबार देखि राजधानीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा हिजो १८ जना केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राखेका थिए।

सरकारको कामकारबाही, पार्टीको अवस्था, आगामी रणनीति, विधान सम्मेलन, समसामयिक राजनीतिक लगायतका बिषयमा बैठकमा छलफल भइरहेको छ।

बैठकमा बरिस्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले सरकारको कदमका बिषयमा आफ्ना कुरा राखेका थिए। सपथ खाएको दिन देखि आफू पार्टी र अध्यक्ष प्रचण्डको निर्देशनमा इमानदारीपुर्वक लागेको बताए।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।