माओवादी केन्द्र केन्द्रीय समिति बैठक: आज तेस्रो दिन जारी

राजनीति समाचार

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पुर्ण बैठकको तेस्रो दिन आज बैठक जारी रहेको छ।

बुधबार देखि राजधानीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा हिजो सम्म ७४ जना केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राखिसकेका छन।

सरकारको कामकारबाही, पार्टीको अवस्था, आगामी रणनीति, विधान सम्मेलन, समसामयिक राजनीतिक लगायतका बिषयमा बैठकमा छलफल भइरहेको छ।

यसैगरी हिजो बरिस्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले सरकारको कदमका बिषयमा र उपाध्यक्ष कृष्ण बहादुर महराले पनि आफ्ना कुरा राखेका थिए।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

केन्द्रिय सदस्यहरुले भोलि पनि बोल्ने कार्यक्रम रहेको छ। सबैले पाँच मिनेट भित्र बोली सक्नु पर्ने छ। न सकेकोमा घण्टी बजाउने र माइक बन्द गर्ने गरिएको छ।