श्रावण २१ आइतबार,२०८०/काठमाडौं-
नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ संचालन गर्ने भएको छ।
आइतबार समापन भएको केन्द्रिय समितिको चौथो बैठक पछि सञ्चार माध्यमसँग सभाहलमै कुरा गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सो कुराको जानकारी दिएका हुन।
गत बुधबारबाट सुरु भएको माओवादी केन्द्राको केन्द्रिय समितिको बैठक पाँच दिन चलेको थियो।
उक्त अभियानमा अध्यक्ष प्रचण्ड आफै सहभागी हुने कार्यक्रम रहेको छ। सो अभियानका लागि प्रदेश इन्चार्ज हेरफेर भएका छन। जसअनुसार प्रचार विभागमा अग्नि सापकोटा, प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुन रहेका छन।
माओवादीले उपाध्यक्ष कृष्ण बहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको नेतृत्व दिएको छ भने अर्का उपाध्यक्ष अग्नि प्रसाद सापकोटा, प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारी दिएको छ।
त्यस्तै पम्फा भुसाल–जन वर्गीय संगठन इन्चार्ज, वर्षमान पुन–विशेष प्रदेश इन्चार्ज, चक्रपाणि खनाल–कोशी प्रदेश इन्चार्ज, लीलामणि पोखरेल–मधेस प्रदेश इन्चार्ज, जनार्दन शर्मा–बागमती प्रदेश इन्चार्ज, देवेन्द्र पौडेल–गण्डकी प्रदेश इन्चार्ज, हितमान शाक्य–लुम्बिनी प्रदेश इन्चार्ज, मात्रिका यादव–कर्णाली प्रदेश, डिलाराम आचार्य–सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकिएका छन।
अभियान भाद्र १५ देखि संचालन हुनेछ।
