कर्णाली पर्यटन उद्यमी समाजद्वारा दिउसो १२ बजेपछि दुर्गममा उडान रोक्ने निर्णयको बिरोध,खुलाउन माग !

पर्यटन राजनीति समाचार

श्रावण २८ आइतबार,२०८०/काठमाडौं-

कर्णाली पर्यटन उद्यमी समाजले प्राधिकरणको दिउसो १२ बजेपछि उडान रोक्ने निर्णयको बिरोध हर्दै खुलाउन माग गरेको छ।

आइतबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई भेटेर कर्णाली पर्यटन उद्यमी समाजका प्रतिनिधिहरुले यस बिषयमा ध्यानाकर्षण गराएको सो समाजका अध्यक्ष देबिकृष्ण रोकायाले द वाकर अनलाइनलाई जानकारी गराए।

“प्राधिकरणको यस निर्णयका कारण नागरिकको नैसंर्गिक अधिकार हनन भएको हामीले महशुस गरेका छौ। यो गलत निर्णय न सच्याए हामीहरु आन्दोलनमा जाने छौँ,” रोकायाले बताए।

“कर्णालीका हुम्ला, डोल्पा, जुम्ला, मुगु र बाजुरा लगायतका जिल्लामा हवाइ उडान बाहेक अरु बिकल्प छैन । कर्णाली राजमार्ग पनि भरपर्दो छैन । बिहानको मौसम नखुल्ने र दिनमा उडान हुन नदिने प्राधिकरणको यस निर्णयका कारण दुर्गममा बसोबास गर्ने आम नागरिकहरुमा आवतजावतमा समस्या, बिरामीलाई समयमा अस्पताल पु¥याउन नसक्नु, अत्यावश्यक खाद्यन्न, औषधि लगायतका अन्य सामाग्री ढुवानीमा समस्या र सिगों देशको आर्थिक विकासमा मद्धत पु¥याइरहेको कर्णालीको पर्यटन क्षेत्रमा समेत यसका कारण प्रत्यक्ष रुपमा असर परेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

हालै जहाज कुर्दा कुर्दै हुम्लामा दुइ जनाको ज्यान गई सकेको छ।

विज्ञप्ति मार्फत कर्णाली बासीलाई एकजुट भएर यसको सांकेतिक विरोध स्वरुप नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई म्यासेज गरि दबाव सृजना गर्न पनि माग गरिएको छ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डलाई भेट्ने कार्यक्रम समेत रहेको बताइएको छ।