जनमत पार्टी सरकारमा, अनितादेवी साह बनिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

राजनीति समाचार

श्रावण २९ सोमबार,२०८०/काठमाडौं-
जनमत पार्टीबाट अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको पदभार ग्रहण गरेकी छन्।

सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा साहलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

यसअघि आइतबार माओवादी केन्द्रका अमनलाल मोदी सो मन्त्रालयबाट बाहिरीएका हुन। योसँगै २०७५ मा स्थापना भएको सीके राउतको पार्टी सरकारमा सहभागी भएको छ।