एक क्विन्टल भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राम मात्रै !

अर्थ राजनीति समाचार

श्रावण २९ सोमबार,२०८०/काठमाडौं-
राजश्व अनुसन्धान विभागले विमानस्थलबाट बरामद गरेको १ क्विन्टल भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको बताइएको छ।

सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले संचारसँग बोल्दै प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम मात्रै निस्केको जनाएका हुन।

उनले सो सुन गालेर जोख्दा तौल झन घट्ने बताए।

यही श्रावण ३ गते हङकङबाट ब्रेक प्याडमा लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागको टोलीले भन्सार पास भइसकेपछि सिनामंगलबाट कब्जामा लिएको थियो।

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको सकृयतामा विशेष सुचनाका आधारमा सो छापा हानिएको थियो। यद्यपि उनले उक्त सुन करिब एक क्विन्टल भएको दाबी गरेतापनि तौलिदा कम पाइएको हो।