कक्षा १२ को नतिजा आज साँझसम्म !

राजनीति समाचार

श्रावण ३० मंगलबार,२०८०/काठमाडौं-

कक्षा १२ को नतिजा आज साँझसम्म प्रकाशित हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको नतिजा मंगलबार साझ आज प्रकाशित गर्ने जनाएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बोर्डले यही श्रावण भित्र नतिजा प्रकाशित गर्ने गरि गृहकार्य तथा तयारीमा जुटेको जानकारी गराए।

यस बर्ष देशैभरीबाट कक्षा १२ का लागि, करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीहरुले परीक्षा दिएका थिए। सो प्रक्रियाका लागि बोर्डले एक हजार चार सय ५७ परीक्षा केन्द्रहरु तोकेको थियो।

गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए।

नतिजा हेर्ने तरिका
कक्षा १२ को परीक्षा नतिजा राष्ट्रिय परीक्ष बोर्डले आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ। यसका लागि www.meb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.np मा गएर हेर्न सकिने छ। त्यसैगरी एसएमएका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।