श्रावण ३० मंगलबार,२०८०/काठमाडौं-
राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को नतिजा प्रकाशन गरेको छ।
मंगलबार दिउसो बसेको बैठकले पुर्ण तयारी पछि परीक्षाफल प्रकाशन गरेको हो। सो परिक्षामा देशभरका ४ लाख ६७ हजार ३ सय विद्यार्थी सहभागी थिए।
बोर्डका अनुसार सहभागी भएका विद्यार्थीहरूमध्ये ५०.९१ प्रतिशत विद्यार्थी ग्रेडेड र ३५ प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने ४९.०९ प्रतिशत अर्थात् १ लाख ८२ हजार ९२६ परीक्षार्थी ननग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यो संगै गत बर्षको तुलनामा यस वर्षको नतिजा ३ प्रतिशतले सुधार आएको छ ।
गत वर्ष ग्रेडसिट प्राप्त गर्ने विद्यार्थीको संख्या ४९ दशमलव ०९ थियो। लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा ननग्रेडेड हुन्छ, त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिने पाउने व्यवस्था गरिएको छ। यसअघि दुईभन्दा बढी विषयमा ननग्रेड आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।