भाद्र ६ बुधबार,२०८०/धादिङ-
काठमाडौंबाट पोखरा जादै गरेको बस धादिङमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
बुधबार बिहान सवा ११ बजे तिर काठमाडौंबाट छुटेको बस धादिङको गजुरी र मलेखुको बीच भागमा पर्ने छहरा नजिकै दुर्घटनामा परेको थियो।
घटनामा परेका ८ जना घाइतेको उद्धार गरि अस्पताल भर्ना गरिएको र थप अन्य हराएका यात्रीहरुको खोज कार्य तीब्र पारिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।
घटनास्थलमै ८ जनाको मृत्यु भएको थियो।
बस त्रीशुली नदीमा खसेको थियो र बर्षा यामका कारण नदीको बहाव बढेको छ।
