माओवादी अभियान: कुमाखमा पालिका स्तरीय बैठक तथा प्रशिक्षण सम्पन्न




भाद्र १० आइतबार,२०८०/कुमाख-
सल्यानमा घरघरमा माओवादी जनजनमा माओवादीको नारा सहित नेकपा माओवादी केन्द्रले सुरु गरेको अभियान अन्तर्गत कुमाख पालिका स्तरिय बैठक तथा प्रशिक्षण आज सम्पन्न भएको छ ।

आईतबार दिउँसो रागेचौरमा आयोजना भएको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकि प्रमुख अतिथि तथा पार्टीकि केन्द्रिय सदस्य लक्ष्मी पुनले प्रचण्ड नेतृत्वको सरकारले देशमा थुपारिएको भ्रष्टाचारको जालोलाई च्यात्न सफल भएको बताएकी छन ।
“माओवादीबाट जुनसुकै काण्डमा नेताहरू मुछिए जेल जान तयार हुनुपर्छ, भ्रस्टाचार गर्ने छुट कसैलाई छैन,” पुनले बताइन।

उनले यसअघिको एमाले नेतृत्वको सरकारले व्यापारका नाममा अवैधानिक तरिकाले तस्करीका काम गरिरहेको आरोप पनि लगाईन।
सुशासन र समृद्धिको योजनामा माओवादी रहेकाले सुनकाण्ड, गिरिबन्धु, ललिता निवास लगायतका घटनालाई सत्यतथ्य छानवीन गरिने उनले बताइन ।
सरकारले राम्रो गरेका कारण टुक्रिएका विप्लपपनि माओवादी एक हुनुपर्छ भन्ने बाटोमा आएको उनको धारणा थियो ।

पार्टीका कुमाख संयोजक डिल्लीराज जैसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू अनन्त प्रसाद शर्मा, हरि प्रकाश बुढाथोकी, चन्द्र बहादुर राना, मोमत रोका, हर्क बहादुर बुढाथोकी लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्नेहरूले कुमाखलाई अझ लिडरको रूपमा स्तर उठाएर लिनुपर्ने बताएका छन ।

बैठकबाट कुमाखमा गरिने अभियानका विषयमा छलफल भएको थियो । माओवादीले अभियानका क्रममा जनभेटघाट, जनश्रम, जनभेला गर्नेछ ।
कार्यक्रमको संचालन डिल्ली रानाले गरेका थिए ।
दार्मा, बन्गाडकुपिण्डे र कालिमाटीमा आईतबार यस्तै बैठक तथा प्रशिक्षण कार्यक्रम गरेको माओवादीले सोमबार अन्य पालिकामा गर्दैछ ।
कार्यक्रममा वडा नं १ बाट डम्बर शाही, वडा नं २ बाट पहलमान रेग्मी सहासी, वडा नं ३ बाट डण्डविर राना, वडा नं ४ बाट फलेन्द्र आचार्य, वडा नं ५ बाट अमृत कुमाई, वडा नं ६ बाट शम्भु खनाले, वडा नं ७ बाट मोहन डिसीले वडाको रिपोर्ट राखेका थिए ।
उनिहरूले पार्टिमा देखिएका समस्याका देखाउदै जनतामा जादा हुने समस्याका बारेमा रिपोर्ट राखेका थिए ।
बैठकले केन्द्र, प्रदेश र जिल्लाबाट प्राप्त कार्ययोजनामा रहेर काम गर्नेगरी पालिका स्तरिय कार्ययोजना निर्माण गरेको छ ।

प्रकाशित मिति : २०८० भदौ १० गते आइतबार
अरु पनि पढ्नुहोस्