
भाद्र १० आइतबार,२०८०/कुमाख-
सल्यानको दार्मा गाउँपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ।
आइतबार आयोजना भएको बैठक तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि तथा केन्द्रिय सदस्य कृति बहादुर पुनले अभियानले पुनर्ताजगी दिदै सिङ्गै पार्टीलाई नयाँ उचाईमा पुर्याउने बताएका छन।
यसैगरी पालिका इञ्चार्ज अरुणले कार्ययोजना प्रस्तुत गरेका थिए। साथै पालिका अध्यक्ष दुर्गा बहादुर मल्लबाट परिपत्र वाचन र कार्यविभाजन प्रस्तुत गरियो।

कार्यक्रममा वडा इञ्चार्जहरुबाट प्रतिबद्धता व्यक्त गर्दै सहभागीबाट खुला सत्रमा सुझाव पेस भयो।
पार्टी सदस्यहरुबाट लेवि पनि संकलन गरियो।
प्रकाशित मिति : २०८० भदौ १० गते आइतबार
प्रतिक्रिया दिनुहोस्