आठबिसकोट नगरपालिकाले गर्यो लडेर घाईते भएकि महिलाको हेलिकप्टरबाट उद्धार

राजनीति साहित्य

भाद्र १२ सोमबार,२०८०/रुकुम पश्चिम-
रुकुम पश्चिमस्थित आठबिसकोठ नगरपालिकाले घास काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकि महिलाको हेलिकप्टर मार्फत उद्धार गरेको छ ।
आइतबार नगरपालिकाले ३५ वर्षकि बासमति दमाईको उद्धार गरेर बेलैमा अस्पताल पुर्याएको थियो । दमाई शनिबार बिहान घर नजिकैको भिरबाट लडेर करिब एक सय मिटर तल खसेकि थिईन ।

स्यालाखदी स्वास्थ्य चौकीमा उनको उपचार सम्भव नभएपछी हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको हो । नगरप्रमुख रवि केसीले आर्थिक रुपले बिपन्न दमाईका लागि हेलिकप्टरको भाडा नगरपालिकाले तिरिदिने जानकारी गराए ।

वडा नम्वर १ का वडाअध्यक्ष देव बहादुर घर्तीका अनुसार दमाईको टाउको र दुबै खुट्टामा गम्भीर चोट लागेको छ । नगरको यो उदाहरणीय कदमको सर्वत्र प्रसंशा भएको छ ।