माओवादी अभियान: अध्यक्ष प्रचण्डले शनिवार ६ हजार ७४३ वडामा जुममार्फत उद्घाटन गर्ने

राजनीति समाचार

भाद्र १५ शुक्रबार,२०८०/काठमाडौं-
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी-विशेष रुपान्तरण अभियान जुम मार्फत ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शनिबारको उद्घाटन कार्यक्रम बारे जानकारी दिदै सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले बिहान ९ बजे केन्द्रीय कार्यालयबाट गर्ने सापकोटाले जानकारी दिए । यसैगरी दिउँसो १ बजे अध्यक्ष चन्द्रागिरि–२ घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले जनताकै सहयोगमा विगतमा जनयुद्ध सफल भएको जिकिर गर्दै तीन महिने अभियानबाट माओवादी फेरि जुरुक्क उठ्ने दाबी गरेका छन ।

अभियानका लागि माओवादी स्थायी समितिका नेतृत्व फरक प्रदेशमा जाने र केन्द्रिय सदस्यहरु आफ्नै प्रदेशका फरक जिल्लामा जाने निर्णय भएको थियो। साथै प्रदेश समितिका सदस्यहरु आफ्नो जिल्लाको फरक स्थानीय निकायमा अभियान संचालन गर्ने भनिएको हो। जसअनुरुप सबै नेता कार्यकर्ता वडा केन्द्रित हुनु पर्ने निर्देशन रहेको छ ।