
भाद्र १७ आइतबार,२०८०/कुमाख-
सल्यान कुमाख गाउँपालिकाले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान प्रतिक्षालय तथा बिसौनी निर्माण गरि उदघाटन गरेको छ ।
शनिबार पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ पार्टी केन्द्रीय कार्यालयबाट उदघाटन गरेका थिए। प्रचण्डले त्यसै दिन चन्द्रागिरी नगरपालिका-२ बाट बृक्षारोपन गरि अभियान अगाडि बढाएका थिए ।
अभियानका क्रममा कुमाख गाउँपालिकाका ७ वटै वडामा विभिन्न श्रमका कृयाकलाप गरि अभियानको थालनी गरिएको हो ।
१.नम्बर वडा-बृक्षारोपन तथा सरसफाई ।
२.नम्बर वडा-५ नम्बर टोल, बाउन गाउँमा चौतारी निर्माण ।
३.नम्बर वडा-प्रतिक्षालय निर्माण ।
४.नम्बर वडा-बिसौनी निर्माणका लागि ढुङ्गा बोकियो ।
५.नम्बर वडा-बृक्षारोपन तथा सरसफाई ।
६.नम्बर वडा-देवी दर्कामा चौतारी लगायतमा सरसफाई ।
७. नम्बर वडा-सहिद चौतारा सरसफाई ।

कुमाखमा अभियानका सिलसिलामा पार्टीकि केन्द्रिय सदस्य लक्ष्मी पुन इन्चार्ज रहेकी छन भने कुमाखको अध्यक्षमा डिल्लीराज रहेका छन। सल्यानका नयाँ इन्चार्ज जुम्लाका नेता तथा पुर्व मन्त्री नरेश भण्डारी छन । सोही अनुसार संयोजक जिल्लाकै नेता कृति बहादुर पुन रहेका छन ।
यसैगरी कुमाख १,२ नम्बर वडा इन्चार्ज मोमत रोका क.बादल, ३,७ नम्बर वडा इन्चार्ज चन्द्र राना क. शक्तिमान, ४,५ वडा इन्चार्ज अनन्त शर्मा क.बिन्द, ६ नम्बर वडा कार्यालयले हेर्ने लगायतको बाडफाड भएको छ । सल्यानमा युद्धका क्रममा सहिद संख्या २४१ रहेको छ भने कुमाख गाउँपालिकामा ५२ जनाको सहादत भएको थियो ।












प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार
प्रतिक्रिया दिनुहोस्