रुकुम पश्चिम: खोलाले बगाएर एकै घरका दाजु बहिनीको मृत्यु

अन्य समाचार

भाद्र १८ सोमबार,२०८०/चौरजहारी-
रुकुम पश्चिम स्थित चौरजहारी नगरपालिकामा हावाहुरी संगै भारी वर्षा पछि खोलामा आएको बाढीले बगाउदा एकै घरका कलिला दाजु बहिनीको निधन भएको छ ।

आइतबार चौरजहारी वडा नं.६ घर्तिकाँडा निवासी रतन बुढाथोकीका छोरा ८ वर्षका छोरा मनोज बुढाथोकी र छोरी वर्ष ४ की भावना बुढाथोकीको खोलाले बगाएर मृत्यु भएको हो ।

दिउँसो करिब ४:३० बजे ती बालबालिकाहरु आधारभुत बिद्यालय घर्तिकाँडाबाट घर फर्किने क्रममा सो दु:खद घटना भएको थियो ।