भाद्र २१ बिहीवार,२०८०/काठमाडौं-
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले यो लगायत विभिन्न निर्णय गरेको हो ।
यसैगरी बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
साथै तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्दै संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने भएको छ ।
निजामति सेवाका ४० जना कर्मचारीहरु पुरस्कृत गर्ने पनि बैठकले निर्णय गरेको छ ।
