माओवादी रुपान्तरण अभियान: कुमाख सल्यानमा वक्तृत्वकला प्रतियोगिता

राजनीति समाचार


भाद्र १९ शुक्रबार,२०८०/कुमाख-
नेकपा माओवादी केन्द्रले संचालन गरेको ‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’का सिलसिलामा सल्यानको कुमाख गाउँपालिकास्थित रागेचौरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

शुक्रबार सल्यानको रागेचौरमा नेकपा माओवादी केन्द्र कुमाख गाउँपालिकाले बाल दिवसको अवसरमा “बाल विवाह अन्त्यको लागि हाम्रो भुमिका” विषयक अन्तर मावि वक्तृत्वकला सम्पन्न गरेको हो ।

कार्यक्रमकि प्रमुख अतिथि तथा माओवादी केन्द्रकी केन्द्रिय सदस्य लक्ष्मी पुनले बाल विवाह अन्त्यका लागि सबैको आआफ्नो स्थानबाट महत्वपूर्ण भुमिका रहेको बताएकी थिईन । पुनले बाल विवाहको अन्त्यका लागि राज्यले त्यही अनुरुप नीति बनाउदै अभिभावक र बालबालिकाहरुमा चेतना जगाउनु पर्ने बताइन ।

यसैगरी बिशेष अतिथि तथा पार्टीकी केन्द्रीय सदस्य दिलमाया बुढामगरले बालविवाह राज्यका र समाजका लागि ठुलो चुनौतीको बिषय बनेको भन्दै सबै जना यसका बिरुद्ध एकजुट हुनु पर्ने बताइन ।
साथै कुमाख गाउँपािलकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दको पनि उपस्थिति रहेको कार्यक्रममा शिक्षा शाखा प्रमुख दिपक कुमार चन्द र जनता मावि रागेचौरका प्रधानाध्यापक अमर शाहले पनि कार्यक्रमलाइ सम्बोधन गरेका थिए ।
५९ औं बाल दिवसको अवसरमा जनता मावि रागेचौरमा भएको वक्तृत्वकलामा सरस्वती मा वि झारकाँडाका भुमिका बुढाथोकी प्रथम, जनकल्याण मावि बडागाँउ कोटका हिरा डिसी दोस्रो, भेरी मा वि टाट्केका हिरालाल राना तेस्रो र जनता मावी रागेचौरका दिपशिखा बुढाथोकी सान्त्वना हासिल गरेका थिए ।

प्रतियोगितामा शिक्षकरू रामकुमार शर्मा, डण्डवीर रावत र कल्पना शाह निर्णायक मंडलको भुमिका पूरा गरेका थिए ।
प्रतियोगितामा सहभागि सबैलाई खाजा खर्च वापत ५ सयका साथमा सहभागि विद्यालयलाइ प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

अन्त्यमा कार्यक्रम समापन गर्दै नेकपा माओवादी केन्द्रका कुमाख अध्यक्ष डिल्लीराज जैशीले सम्पुर्ण प्रतियोगी तथा सहभागी बिद्यालयहरुलाई धन्यबाद दिदै, देशको भविष्य बालबालिकाहरुको हातमा रहेकोले उनीहरुको बिना अवरुद्ध बिकासका लागि राज्य अझै गम्भीर हुनु पर्ने बताए । कार्यक्रमको संचालन कुमाख पार्टी कोषाध्यक्ष धनसरा मल्लले गरेकी थिइन ।

प्रतियोगितामा सरस्वती मावि झारकाडाकी भुमिका बुढाथोकी प्रथम,जनकल्याण मावि बडागाउँ कोटकी हीरा डिसी द्वितीय, भेरी मावी टाटकेका हिरालाल राना तृतीय र जनता मावि रागेचौरकी दीपशिखा बुढाथोकी सान्त्वना प्राप्त गरेका थिए ।

११ माध्यमिक विद्यालय रहेको कुमाखका ८ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वनालाई क्रमश: १ हजार ८ सय, द्वितियलाइ १ हजार ४ सय, तृतियलाइ १ हजार र सान्त्वनालाइ ७ सय पुुरस्कार प्रदान गरिएको छ । सम्पुर्ण सहभागीहरुलाई रु ५०० खाजा खर्च र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै सोही अनुरुप बिद्यालयलाई पनि प्रमाणपत्र उपलब्ध गराइएको थियो ।