
असोज १ सोमबार,२०८०/न्युयोर्क-
प्रधानमन्त्री पुष्प कमल दाहाल `प्रचण्ड´ र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा भेटवार्ता भएको छ ।
सोमबार प्रधानमन्त्री प्रचण्ड र गुटेरेसबीच भेट भएको थियो । दुबैबिच नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको थियो ।
