असोज ५ शुक्रबार, २०८०/काठमाडौं-
आन्दोलनरत शिक्षक र सरकारबिच ६ बुदे समझदारी पश्चात सरकारी शिक्षकहरुको मर्यादाक्रम तोक्ने लगायतका सहमति भएका छन ।
सरकार र शिक्षक महासंघवीच शुक्रबार ६ बुदे समझदारीमा हस्ताक्षर भएसंगै आन्दोलन फिर्ता भएको हो ।
जस अनुसार शिक्षकहरुको दश–दश वर्षमा आवधिक बढुवा हुने भएको छ । सोही अनुरुप मावि तहका शिक्षकको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्षको सेवा कायम गर्ने सहमति भएको छ ।
तीन दिनअघि,असोज ३ गतेदेखि १८ बुँदे माग राख्दै शिक्षक महासंघ शिक्षा विधेयकको विरोधमा सडकमा उत्रेको थियो ।
यसैबीच राहत शिक्षकहरु भने असन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन । नेपाल राहत शिक्षक संघले आफूहरु अहिले पनि असहमत रहेको जनाएको छ ।
प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्