असोज ११ बिहीवार,२०८०-
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश)को अभियानकै क्रममा निधन भएको छ । जनयुद्धको क्रममा सुर्खेत जेल ब्रेक गर्न सफल भएका बडुवालको बुधबार राती उपचारका लागि भारतको लखनउ लिएर जादै गर्दा मृत्युु भएको थियो ।
माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका बडुवाल बिरामी भएपछि, गृहजिल्ला कैलाली फर्किएका थिए ।
उनलाई प्लेन मार्फत नेपालगन्जबाट काठमाडौं ल्याउन खोजिएपनि विमानस्थल कर्मचारीले निकै उचाईबाट उडने भएकोले समस्या हुने भन्दै न मानेका थिए । सुदुर पश्चिम सहइन्चार्ज रेनु चन्द्ले
बडुवालको मृत्युले पार्टीलाई अपूरणीय क्षति भएको बताएकी छन ।
२०७१ मा डोटीको कटकटेमा भएको बस दुर्घटनामा उनकी श्रीमती र छोरीको मृत्यु भएको थियो । त्यसपछि उनले अर्को बिहे गरेका थिए ।
