असोज १७ बुधबार,२०८०/काठमाडौं-
सरकारले चाडपर्वको मुखमा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्ति, फर्मलाई कानुनबमोजिम कडा कारबाही गर्ने भएको छ ।
बाजारमा कृत्रिम अभाव सृजना गर्नेका बिरुद्ध हेलो सरकार ११११, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा सूचना दिनका लागि सरकारले आव्हान गरेको छ ।
आम उपभोक्ता वर्गको हक अधिकारलाई मध्यनजर गर्दै कालाबजारीलाई नियन्त्रण गर्न यो कदम उठाईएको हो ।
