असोज १९ शुक्रबार,२०८०/बझाङ-
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डले भुकम्प पीडितहरुलाई जिल्लामै गएर भेटेर प्रभावित अन्य ब्यवस्थापन सँगसंगै तत्काल सो राहत उपलब्ध गराउने जानकारी गराए ।
प्रधानमन्त्रीले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने पनि घोषणा गरेका छन ।
उनले भुकम्प लगत्तै पीडित तथा प्रभावित जनतालाई तत्काल उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएका थिए ।
भत्किएका जनताका घरहरु, तीनै तहको सरकारी समन्वयमा क्षति मुल्याङकन गरी कार्यविधि बनाएर पुनर्निर्माण गरिने बताए छन ।
बिहिबार मात्र विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को १२ औं बैठकलाई सम्बोधन गर्दै उनले, सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्री, गृहमन्त्री लगायतको टोलि सुर्खेतको बिरेन्द्रनगर हुँदै बझाङ पुगेको थियो ।
