
असोज २४ बुधबार,२०८०/काठमाडौं-
सरकारले द्वन्द्वग्रस्त इजरायलमा फसेका नेपालीहरु लिन आज जहाज पठाउने भएको छ । नेपालीहरुको उद्धारका लागि आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जान लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातिलाई बोलाएर तिब्र गतिमा नेपाल ऐयरलाइन्सको जहाज पठाएर इजरायलमा रहेका नेपालीहरुको उद्धार गर्न निर्देशन दिएका थिए । बालुवाटारमा भएको छलफलका क्रममा नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखहरुको पनि उपस्थिति थियो ।
सोही सन्धर्भमा सो उडानका लागि चार्टर अनुमति प्रक्रिया पूरा भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । साथै आक्रमणमा एक जना नेपाली अहिले पनि बेपत्ता रहेका छन् ।
आज राती जान लागेको जहाजले दुबईलाई ट्रान्जिट बनाएर अगाडि बढने छ ।