इजरायलमा फसेका २५४ जना नेपाली स्वदेश फर्किए !

राजनीति समाचार


असोज २६ शुक्रबार,२०८०/काठमाडौं-
युद्धग्रस्त इजरायलमा फसेका २ सय ५४ जना नेपाली विद्यार्थीहरु स्वदेश फर्केका छन ।

बिध्यार्थीहरु शुक्रबार बिहान हवाई उद्धार गरि काठमाडौं ल्याइएको हो । उनीहरुलाई घर फर्काउन सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानसहित बिहीबार राती पठाएको थियो । यसैगरी पर्यटन मन्त्री सुदन किराँती उनीहरुलाई स्वागत गर्न त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल पुगेका थिए ।

त्यहाँ भएको आक्रमणमा परी १० जना नेपालीहरुले ज्यान गुमाएका थिए भने, एक जना बेपत्ता छन । नेपाल फर्कीनेहरुमा घाइतेहरु पनि रहेका छन ।

बाँकी रहेका नेपालीहरुलाई पनि नेपाल ल्याउन आवश्यकता सरकारले थप जहाज पठाउन सकिने जनाइएको छ । हाल सम्म ५०३ जनाले नेपाल फर्किनका लागि निवेदन दिएका छन ।