कार्तिक २ बिहीवार,२०८०/बेइजिङ-
चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको छ । गृहमन्त्री श्रेष्ठ तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन त्यहाँ पुगेका हुन ।
श्रेष्ठका प्रमुख स्वकीय सचिव बिजय गौतमका अनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आज बिहान नेपाली समय अनुसार करिब डेढ बजे भर्ना गरिएको थियो । श्रेष्ठको आईसीयूमा उपचार भइरहेको पनि उनले जानकारी गराए ।
उनी सात सदस्यीय टोलीको नेतृत्व गर्दै चीन पुगेका थिए ।
