निर्वासित पाकिस्तानी नेता नवाज शरिफ स्वदेश फर्किए

राजनीति समाचार

कार्तिक ४ शनिबार,२०८०/
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ निर्वासनबाट स्वदेश फर्किएका छन् । उनी पाकिस्तानमा सन २०२४मा हुन लागेको आम निर्वाचनको मुखैमा स्वदेश फिर्ता भएका हुन ।

उनी भ्रस्टाचारको मुद्दा खेपेर जेल गएपछि, २०१९ नोभेम्बरमा अदालतले स्वास्थ्य उपचारका लागि विदेश जान अनुमति दिएपछि ४ बर्ष लन्डन बसेका थिए ।

पाकिस्तानको राजनितिमा उनी तीन पटक प्रधानमन्त्री भइसकेका छन । र यस पटक पनि उनको पार्टीले आगामी चुनावमा ७३ बर्षको उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने स्पष्ट संकेत गरेको छ ।

सन २०१८ मा उनलाई प्रधानमन्त्रीबाट प्रतिस्थापित गर्ने पुर्व क्रीकेट खेलाडी इमरान खान आफैँ अहिले सेनाले साथ नदिएपछि जेल जीवन बिताई रहेका छन ।

इमरान खानलाई हटाएपछि शरिफको पीएमएल-एन पार्टीले उनका कान्छा भाई शाहबाजको नेतृत्वमा पाकिस्तानको सत्ता चलाएपछि उनी घर फर्किएका हुन ।

यसअघि सन् १९९९ मा पनि विपक्षी नेता बेनजिर भुट्टो र उनले सैन्य कूपछि पहिलो पटक चुनावमा भाग लिन सेनासँग ऐतिहासिक सम्झौता गरेका थिए ।

त्यतिखेरै चुनावी र्‍यालीमा भुट्टोको हत्या भएको एक सातापछिको चुनावमा उनको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) विजयी भएको थियो ।

उता विदेशमा रहँदा पनि शरिफले सेनाविरुद्ध प्रतिक्रिया दिदै आएका थिए ।

यता प्रतिपक्ष दल पिटिआईका नेताहरूले भने उनका विरुद्ध अझै पनि मुद्दा  रहेकोले प्रधानमन्त्री बन्न त्यति सहज न हुने बताएका छन ।

प्रमुख प्रतिपक्षी नेतानै जेलमा भएकाले निर्वाचन निष्पक्ष हुनेमा शंका उत्पन्न भएको छ । र साथै त्यहाँको राजनीतिमा सधै हावी हुने शक्तिशाली सेनाको भूमिकाबारे पनि सर्वत्र कौतुहलता ब्याप्त छ ।