कार्तिक ५ आइतबार,२०८०/धादिङ-
धादिङको ज्वालामुखी गाउँपालिका-५ स्थित खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प आइतबार बिहान गएको छ ।
आज बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताएका छन ।
यसबाट विभिन्न स्थानमा पहिरो गएको सूचना प्राप्त भए पनि क्षतिको बिस्तृत विवरण भने आउन बाकि छ ।
भूकम्पको पराकम्पन धादिङ आसपासका जिल्ला गोरखा, नुवाकोट, कास्की, काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानहरूमा गएको थियो ।
बिहान भुकम्पको झटकासंगै मानिसहरु घर बाहिर निस्किएको थिए । उनीहरु केहि समय बाहिर बसेर घर पसेका थिए । यसले दशैको मुखमा सामाजिक संजालमा पनि चर्चाको विषय बनाएको छ ।
