वायुसेवा निगमले दुर्गम क्षेत्रका लागि, आफ्नै स्रोतले ३ नयाँ जहाज किन्ने !

अर्थ पर्यटन राजनीति समाचार

कार्तिक ५ आइतबार,२०८०/काठमाडौं-
नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा उडान सेवा दिनका लागि आफ्नै स्रोतबाट ३ नयाँ जहाज किन्ने भएको छ । निगमले आइतबार नयाँ जहाजहरु किन्नका लागि ४५ दिनको समय दिएर बोलपत्र प्रस्ताव आह्वान गरेको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सामाजिक संजाल फेसबुकमा सो जहाज खरिदका लागि बोलपत्र आव्हान गरिएको जानकारी गराएका छन ।

निगमले छोटो दुरीको उडान तथा अवतरण गर्ने (स्टोल) जहाज किन्ने तयारी गरेको हो ।

चाडपर्वको मुखमा यस कदमले निकै सकारात्मक सन्देश प्रवाह गरेको छ ।