
कार्तिक १० शुक्रबार,२०८०/कतार-
भारतीय नौसेनाका आठ पूर्वअधिकारीलाई कतारमा मृत्युदण्डको सजाय सुनाइएको छ ।
पक्राउ परेका सबै भारतीय नौसेनाका सेवानिवृत्त अधिकारी हुन् र गत वर्षको अगस्टदेखि कतारको जेलमा छन् ।
उता कतारले भने उनीमाथि लागेको आरोप सार्वजनिक गरेको छैन ।
उनीहरुले काम गरेको कम्पनीको वेबसाइटमा त्यसलाई कतारको रक्षा मन्त्रालय, सुरक्षा र अन्य सरकारी निकायहरूको स्थानीय व्यापार साझेदारको रूपमा उल्लेख गरिएको छ।
यो निजी कम्पनीले कतारको सेनालाई तालिम र सेवा दिने गर्दथ्यो र
धेरै जसो भारतीय कर्मचारी पनि छन ।
“यो रक्षा उपकरणहरू सञ्चालन गर्न र मानिसहरूलाई तालिम दिन कतारमा अग्रणी छ,” कम्पनीको लिङ्क्डइन पृष्ठमा उल्लेख छ।
कम्पनीले आफूलाई रक्षा उपकरण सञ्चालन र मर्मतसम्भारमा विशेषज्ञको रूपमा उल्लेख गरेको छ।
भारतीय प्रतिक्रिया
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित मुद्दामा कतारको अदालतले आफ्नो फैसला सुनाएको प्रारम्भिक जानकारी हामीसँग छ ।”
विज्ञप्तिमा थप भनिएको छ, “हामी फाँसी दिने निर्णयबाट स्तब्ध भएका छौँ र विस्तृत फैसलाको पर्खाइमा छौँ । हामी उनीहरूका परिवारका सदस्य र कानुनी टोलीसँग सम्पर्कमा छौँ । हामी यो विषयलाई उच्च प्राथमिकताका साथ हेरिरहेका छौँ र कतारी अधिकारीहरूसँग यो विषय उठाउनेछौँ।”
कांग्रेस नेता जयराम रमेशले सामाजिक सञ्जालमा लेखेका छन्, “भारतीय राष्ट्रिय कांग्रेसले कतारमा आठ जना पूर्वभारतीय नौसेनाका अधिकारीहरूसँग सम्बन्धित अत्यन्तै दुखद घटनाक्रमलाई अत्यन्तै दुःख, पीडा र खेदका साथ बुझेको छ।”
“हामी अपेक्षा गर्दछौँ कि भारत सरकारले कतार सरकारसँग आफ्नो कूटनीतिक र राजनीतिक प्रभावको अधिकतम प्रयोग गर्न सकोस् जसले गर्दा अधिकारीहरूलाई उनीहरूको अपीलमा पूर्ण रूपमा समर्थन गर्न सहयोग पुगोस्। र छिटोभन्दा छिटो रिहा गर्न हरसम्भव प्रयासहरू होऊन्।”
पछिल्ला केही महिनादेखि यी पूर्वअधिकारीहरूलाई रिहा गर्न भारत सरकारमाथि निकै दबाब परेको थियो। र भारतीय विदेश मन्त्रालयले यो विषय आफ्नो ‘उच्च प्राथमिकता’ भएको जनाएको थियो।
गत जुनमा गिरफ्तार गरिएका एक पूर्व अधिकारीकी बहिनी मितु भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन सरकारसँग सहयोग मागेकी थिइन् ।
यस कार्यक्रमको उद्देश्य रेडारबच्न सक्ने उच्च प्रविधियुक्त इटलियन प्रविधिमा आधारित पनडुब्बीहरू निर्माण गर्नु थियो।
कम्पनीमा ७५ भारतीय नागरिक कर्मचारी थिए। तीमध्ये अधिकांश भारतीय नौसेनाका पूर्व अधिकारी थिए।
सन् २०२२ को ३१ मेबाट कम्पनी बन्द गरिएको बताएको थियो।
सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार कम्पनी प्रमुख खामिस अल अजमी र पक्राउ परेका आठ भारतीयहरूविरुद्धका केही आरोपहरू सामान्य खालका छन् भने केही विशेष प्रकृतिका छन्।
जासुसीको आरोपमा पक्राउ परेका आठ कर्मचारीलाई यसअघि नै बर्खास्त गरिसकेको छ र उनीहरूको तलबसमेत मिलान गरिसकिएको छ।
मे महिनामा कतारले उक्त कम्पनी बन्द गर्ने आदेश दिएपछि उसका झन्डै ७० जना कर्मचारीलाई उक्त महिनाको अन्त्यसम्ममा देश छाड्न निर्देशन दिएको थियो।