लम्बियो माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान !

राजनीति समाचार

कार्तिक १३ सोमबार,२०८०/काठमाडौं-
नेक्पा माओवादी केन्द्रले संचालन गर्दै आएको ३ महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान एक महिना लम्बिएको छ ।

आइतबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
पदाधिकारी बैठकमा माओवादी नेतृत्वले दशै तिहार जस्ता विभिन्न चाडपर्व र खेतीपातीको समय भएकोले समय अपुग हुने भन्दै सुझाव दिए पछि सो अभियान पुस १६ गते सम्म जाने भएको छ ।

यस अघिको तालिका अनुसार मङ्सिर १६ गते सम्म सो ३ महिने अभियान चलाउने निर्णय भएको थियो ।

सो क्रममा अध्यक्ष प्रचण्ड पनि विभिन्न प्रदेशका एक जिल्ला अन्तर्गत वडा केन्द्रित बैठक तथा कार्यक्रमहरुमा सहभागी हुनु भएको छ ।

यसैगरी भाद्र १६ देखि ७ सय ५३ वटै स्थानीय तहमा विशेष रूपान्तरण अभियान चलेको छ । पार्टी सदस्यता नवीकरण, नयाँ सदस्य वितरण, पार्टी तथा मोर्चाका बैठक, सभा, अन्तरक्रिया, सहिद परिवार भेट्घाट, श्रमदान लगायतका कार्यक्रममा सम्पुर्ण नेता तथा कार्यकर्ताहरु सहभागी हुँदै आएका छ्न ।