लुम्बिनीमा जनयुद्ध र जनआन्दोलनका घाइतेका लागि स्याहार केन्द्र बन्ने !

अर्थ राजनीति समाचार

कार्तिक १७ शुक्रबार,२०८०/बुटवल-
जनयुद्ध र जनआन्दोलनका घाइतेका लागि लुम्बिनी प्रदेशमा स्याहार केन्द्र बन्ने भएको छ ।

लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीका अनुसार सो कार्यका लागि प्रारम्भिक चरनमा दुई करोडको बजेटको ब्यवस्था गरि सकिएको छ ।
“जनयुद्ध र जनाअन्दोलनका जिउदा शहिदहरुलाई केही राहत दिन सकिन्छ कि भनेर यो स्याहार केन्द्रको स्थापना गर्न लागिएको हो । उहाँहरुको यो देशमा आएको परिवर्तनमा निकै महत्वपूर्ण भुमिका रहेको छ । अलिकति भए पनि केही राहतहेतु यो योजना बनाएका हौ,” अर्थ मन्त्री मास्कीले बताए ।
उनी नेकपा माओवादी केन्द्र तर्फबाट मन्त्री बनेका हुन ।

सो प्रदेशस्तरीय स्याहार केन्द्रका लागि प्रदेश सरकारले जग्गा खोजी सुरू गरिसकेको छ । जसका लागि राप्ती गाउँपालिकाभित्रै जग्गा खोजीले प्राथमिकता पाएको छ ।

स्वास्थ्य सेवासहितको स्याहार केन्द्र लागि करिब २० विघा जग्गामा निर्माण हुने बताइएको छ ।