कार्तिक १७ शुक्रबार,२०८०/रुकुम पश्चिम-
जाजरकोट पैंक केन्द्र बिन्दु बनाएर शुक्रबार राती गएको भुकम्पका कारणले रुकुम पश्चिमको आठबिसकोठ नगरपालिकामा १० जना भन्दा बढीको मृत्यु भएको छ ।
शुक्रबार राती ११:४७ बजे गएको भुकम्पमा आठबिसकोठ-११ कि लक्ष्मी बिक र उनका ४ सन्तान लगायत ६ जनाको ज्यान गएको हो । त्यसैगरी नगरपालिकाकै १२ नम्बरमा ३ जना र १३ मा ४ जनाको मृत्यु भएको जानकारी भएको छ ।
उता जाजरकोट तर्फ पनि मानविय क्षति भएको खबर छ ।
पश्चिम नेपालका जिल्लाहरु रुकुम पश्चिम, जाजरकोट, सल्यान लगायतका स्थानमा ठुलो संख्यामा घरहरुमा क्षति भएको छ । आठबिसकोठ नगरपालिका जाजरकोटसँग जोडिएको पालिका भएकोले भुकम्पबाट प्रत्येक्ष प्रभावित भएको देखिन्छ ।
मानिसहरुमा त्रासको वातावरण सृजना भएको छ ।