
कार्तिक १८ शनिबार,२०८०/सुर्खेत-
भूकम्पबाट घाइते भएका जाजरकोट नलगाडका ७ जना घाइते र ७ जना कुरुवालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चढेक हेलिकोप्टरबाट उद्धार गरेका छन ।
शुक्रबार गएको भूकम्पबाट घाइते भएकाहरुलाई प्रधानमन्त्री सवार हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्ड जाजरकोटलाई केन्द्र बिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमको शनिबार बिहान स्थलगत अवलोकन गरेका छन ।
प्रधानमन्त्री मेडिकल टिमसहित भूकम्प प्रभावित क्षेत्र पुगेका छन । सो क्रममा खुशी भएर प्रधानमन्त्रीलाई देखेर स्वागत गर्न पुगेका स्थानीयलाई उनले त्यसो न गर्न आग्रह गरेका थिए ।
भुकम्पबाट अहिले सम्म १३६ को मृत्यु र १४० घाइते भएको जानकारी भएको छ । जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या बढेर १ सय ३६ पुगेको छ ।
गम्भीर घाइतेहरुको अवस्था हेर्दा सो संख्या बढन सक्ने संभावना रहेको छ ।