कार्तिक १९ आइतबार,२०८०/काठमाडौं-
सरकारले जाजरकोट भूकम्पमा मृत्यु हुने प्रतिपरिवारलाई दुई लाख रूपैयाँ राहत दिने र घाइतेहरुको निशुल्क उपचार गर्ने भएको छ ।
आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिनेबारे निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
काठमाडौंमा रहेका वीर, ट्रमा, टिचिङ लगायतका सरकारी अस्पतालहरुमा गम्भीर घाइतेहरुको उपचार भईरहेको छ ।
विभिन्न राजनितिक दल, संघसंस्था, स्थानीय निकाय लगायतले आर्थिक तथा सामाग्रीहरु सहयोग गर्ने घोषणा गरेका छ्न ।
