ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा राखिएको पोल बेनी फर्काइयो !

पर्यटन राजनीति समाचार


मङ्सिर २१, बिहीवार,२०८०/ललितपुर-

युद्ध कालमा म्याग्दी कार्वाहीका बखत गोली लागेर प्वालैप्वाल भएको पोल ललितपुरको पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय हाताबाट बेनी फर्काइदै छ ।

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबीच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको सो बिजुलीको पोल आजै पठाइएको हो ।

उक्त पोल बेनीको मङ्गलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालीन समयमा कालीप्रसाद गण (ई) छेउमा रहेको पत्रकार साधन मगरले जानकारी दिए ।

२०६३ मा मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणी दीक्षितले उक्त पोल काठमाडौं ल्याएर यलमाया केन्द्रमा राखेका थिए ।

लामो समय देखि नेकपा माओवादी केन्द्र, म्याग्दीका राजनीतिक दल, अधिकारकर्मी र नागरिक अगुवाले सो ऐतिहासिक महत्वको पोललाई फुर्ता गर्न दीक्षितलाई आग्रह गरेका थिए । उनले म्याग्दीको जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरि सो पोल फिर्ता गरेका हुन ।

उक्त पोललाई बेनी नगरपालिका वडा नम्बर ७ मा बन्न लागेको शान्तिपार्कमा राखिने भएको छ ।