
पौष २४ मंगलबार, २०८०/काठमाडौ-
पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्ष स्थापना भएको छ ।
पशुपतिनाथ मन्दिरको पश्चिमतर्फ रहेको मुल ढोका बाहिर मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले उदघाटन गरेकी हुन ।
पर्यटन राज्य मन्त्री सिर्पालीले मन्दिरमा भक्तजनहरुले पुजा गर्ने क्रममा राम्रो भौतिक संरचना पनि आवश्यक भएको बताउदै अझै पनि नयाँ कार्यहरु गर्दै जानू पर्ने बताइन ।
“पशुपति क्षेत्र विकास कोष हाम्रो मन्त्रालय मातहतको एउटा संस्था हो र बेला बखत हामीले झकझक्याउछौ यस कार्यलयको स्थर उन्नतिका लागि । आज यस स्तनपान कक्षले देशभित्र तथा बाह्यमुलुकबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने छ,” राज्यमन्त्री सिर्पालीले थपिन ।

यसैगरी कार्यकारी निर्देशक लक्ष्मी पुनले मन्दिर परिसरमा स्तनपानकक्ष नभएका कारण सडक पेटी, भर्र्याङ्, सुरक्षाकर्मीको कार्यकक्ष लगायत खुला स्थानमा स्तनपान गराउनुपर्ने अवस्था अब न रहेको उल्लेख गरिन ।

उक्त कार्यक्रममा कोषका सदस्य सचिब राजु खत्री, कोषाध्यक्ष नारायण सुबेदी, परिषद सदस्य रेनुका पराजुली, स्थानिय प्रतिनिधि कोषका कर्मचारी लगायतको उपस्थिति थियो ।
सो कक्षमा बस्नका लागि सोफा र तातो चिसो पानीको ब्यवस्था रहेको छ ।
