भोलिदेखि धरहरामा निःशुल्क पार्किङ गर्न पाइने

पर्यटन राजनीति समाचार

माघ १३ शनिबार,२०८०/काठमाडौं-
काठमाडौँ महानगरपालिकाले नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरे लगत्तै धरहरामा निःशुल्क गाडी राख्न दिने भएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो ।
महानगरका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको बताए । पाण्डेका अनुसार सो पार्किङ स्थल ५० हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ र सबैका लागि केन्द्रमा पनि अवस्थित छ ।