बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हड्पेको आरोपमा अरुण चौधरी पक्राउ !

अर्थ राजनीति समाचार

माघ १८ बिहीवार,२०८०/काठमाडौं-
बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा ब्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

चौधरीलाई लाजिम्पाटस्थित निवासबाट पक्राउ गरिएको हो ।

उनी अर्बपती बिनोद चौधरी र बसन्त चौधरीका कान्छा भाइ हुन ।
सीजी होल्डिङ्सका चेयरम्यान रहेका चौधरी पछि बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष अजित नारायण थापालाई पनि पक्राउ गरिएको,
सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी गराएकी छन ।

थापा भने बत्तिसपुतलीस्थित आफ्नो घरबाट पक्राउ परेका हुन ।