माघ १९, शुक्रवार २०८०/काठमाडौं-
नवराज पाण्डेको नेतृत्वमा नेपाल पर्यटन व्यवसायी संगठनको नयाँ कार्यसमिति गठन भएको छ ।
काठमाडौंमा सम्पन्न भएको भेलाबाट वरिष्ठ उपाध्यक्षमा ऋषिराम भण्डारी, उपाध्यक्षहरूमा सूर्यबहादुर घिमिरे, प्रकाश चन्द्र देवकोटा, ठाकुरप्रसाद सापकोटा, शोभाकर बञ्जाडे, इन्द्रप्रसाद भण्डारी, देवीकृष्ण रोकाया, देवराज जैसी चयन भएका छन् ।
यसैगरी महासचिवमा अबिर मल्ल, सचिव अजिब भट्ट, कोषाध्यक्षमा सरिता लामा र सह कोषाध्यक्षमा कृष्णबहादुर परियार चयन भएका छन् । अभियन्ता तथा व्यवसायी देवीकृष्ण रोकाया नेपाल पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा चयन भएका छन् । कर्णालीको पर्यटन क्षेत्रमा भिन्न बहसको थालनी गरिरहेका रोकाया विगत लामो समयदेखि कर्णाली पर्यटनको क्षेत्रमा क्रियाशील छन् ।