माघ २६ शुक्रबार,१०८०/इस्लामाबाद-
बिहीबार दिउँसो सम्पन्न राष्ट्रिय र प्रान्तीय निर्वाचनको मतपरिणाम घोषणा भई रहदा पुर्व प्रधानमन्त्री इमरान खानको तेहरिक-इ-इन्साफ (पिटिआई)ले अग्रता कायम गरेको छ ।
बिवादहरुका बिच शुक्रबार ढिला गरी सुरु भएको मतगणनाका क्रममा दिउँसो ३ बजेसम्म १०७ वटा राष्ट्रिय सभा निर्वाचन क्षेत्रहरूको नतिजा सार्वजनिक भएको छ ।
पाकिस्तानको निर्वाचन आयोगले पिटिआई पार्टीलाई चुनाव चिन्ह ‘क्रिकेट ब्याट’ नदिने निर्णय गरेपछि इमरान खानका समर्थकहरूले स्वतन्त्र उम्मेदवारी दिने फैसला गरेका थिए ।
यसैगरी सत्तारूढ पाकिस्तान मुस्लिम लिग (पिएमएल-एन) दोस्रो र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) तेस्रो स्थानमा छ ।
पिटिआईका अध्यक्ष पुर्व प्रधानमन्त्री इमरान खान अहिले जेल जीवन बिताई रहेका छन । सेनाको वर्चस्व रहेको पाकिस्तानमा उनलाई कैयौं मुद्दामा सजाय सुनाइएको थियो ।
पाकिस्तानी मिडिया जिओ न्युजले स्वतन्त्रहरुले निर्वाचनमा कब्जा जमाएको बताएको छ ।
१०७ मध्ये पिटिआईका ४९, पिएमएल-एनका ३९ र पीपीपीका ३० उम्मेदवार विजयी भएको पाकिस्तानको निर्वाचन आयोगले आफ्नो वेभसाइटमार्फत जानकारी दिएको छ।
पाकिस्तानमा राष्ट्रिय सभाका ३३६ सिटमध्ये २६६ सिटका लागि निर्वाचन भएको हो भने ४४ रजनितिक दलहरु मैदानमा उत्रिएका हुन ।
यसपालि पुर्व पाकिस्तानी प्रधानमन्त्री बेनजिर भुटोका छोरा बिलावल जरदारी पनि निर्वाचनमा सहभागी भएका छन ।
निर्वाचनको अघिल्लो दिनमा विभिन्न प्रान्तमा भएको बिस्फोटनमा परी करिब ३० जनाले ज्यान गुमाएका छन ।